आईपिएल क्रिकेटमा गुजरात टाइटन्सको शानदार जित, राजस्थान ७७ रनले पराजित

Image
Nisarga Hospital

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले दमदार प्रदर्शन गर्दै राजस्थान रोयल्सलाई ७७ रनले पराजित गरेको छ। गएराति सम्पन्न खेलमा गुजरातले पहिले ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाएर २२९ रनको विशाल योगफल बनायो।

CP Hospital Dhangadhi

गुजरातका लागि शुभमन गिलले ८४ रन र साई सुदर्शनले ५५ रनको अर्धशतकीय पारी खेले। वासिङ्टन सुन्दरले ३७ रनको योगदान दिए। राजस्थानका तर्फबाट ब्रिजेश शर्मा, रविन्द्र जडेजा र यश पुञ्जाले समान १–१ विकेट लिए।

Attariya Hospital

२३० रनको लक्ष्य पछ्याएको राजस्थान १६ ओभर ३ बलमा अलआउट हुँदै १५२ रनमै समेटियो। राजस्थानका रविन्द्र जडेजाले ३८ रन, वैभव सूर्यवंशीले ३६ र ध्रुव जुरेलले २४ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन्।

nawajiwan

गुजरातका राशिद खानले ४ विकेट, जेसन होल्डरले ३ र कागिसो रबाडाले २ विकेट लिए। यो जितसँगै गुजरात १४ अंकसहित दोस्रो स्थानमा पुगेको छ भने राजस्थान पाँचौँ स्थानमा छ।