नेकपामा सुदूरपश्चिम इञ्चार्ज–सहइञ्चार्ज हेरफेर, नयाँ जिम्मेवारी तोकियो

Image
Nisarga Hospital

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशमा संगठनात्मक जिम्मेवारी हेरफेर गरेको छ। पार्टीले यसअघि इञ्चार्ज तोकिएका भीम रावलले जिम्मेवारी स्वीकार नगरेपछि उक्त पदमा भानुभक्त जोशीलाई जिम्मेवारी दिएको छ। जोशी यसअघि सहइञ्चार्जको भूमिकामा रहेका थिए।

CP Hospital Dhangadhi

यस्तै, सहइञ्चार्जको जिम्मेवारी सम्हाल्दै आएकी रञ्जिता श्रेष्ठलाई पार्टीले कृषि तथा भूमि व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारी दिएको छ। यससँगै सुदूरपश्चिम प्रदेशको सहइञ्चार्जको जिम्मेवारी अब खगराज भट्टले मात्रै सम्हाल्ने भएका छन्।

Attariya Hospital

पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेको अन्तरपार्टी निर्देशन (अपानी) मार्फत उक्त निर्णय गरिएको हो। पार्टीले संगठन सुदृढीकरण र कार्यक्षमता बढाउने उद्देश्यसहित जिम्मेवारी पुनः वितरण गरिएको जनाएको छ। नयाँ जिम्मेवारीसँगै सुदूरपश्चिममा पार्टी गतिविधि थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

nawajiwan