अर्घाखाँचीमा दर्शन गरेर फर्किँदै गरेको बस दुर्घटना, एकको मृत्यु, दुई गम्भीर

Image
Nisarga Hospital

अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ दुर्गाफाँटस्थित कुडेलेमा मंगलबार यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। ध १ ख ५०४ नम्बरको रिजर्भ बस सुपा देउराली मन्दिर दर्शन गरेर फर्किने क्रममा दुर्घटनामा परेको हो।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक Diwas GCका अनुसार दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। करिब ३० जना यात्रु सवार बस सडकबाट झण्डै १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

Attariya Hospital

दुर्घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा घाइतेहरूको उद्धार गरिएको थियो। घाइतेमध्ये केहीलाई जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारका लागि लगिएको छ भने गम्भीर अवस्थाका बिरामीलाई थप उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले मृतक तथा घाइतेहरूको विस्तृत विवरण संकलन भइरहेको जनाएको छ।

nawajiwan