कोलकाताको २९ रनको जित : गुजरात पराजित, प्लेअफ दौड रोमाञ्चक

Image
Nisarga Hospital

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई २९ रनले पराजित गर्दै प्लेअफ सम्भावना जिवित राखेको छ। इडेन गार्डेन्समा भएको खेलमा कोलकाताले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेको हो।

CP Hospital Dhangadhi

पहिले ब्याटिङ गरेको कोलकाताले २ विकेट गुमाएर २४७ रनको विशाल स्कोर बनायो। टोलीका फिन एलेनले ३५ बलमा ९३ रनको विस्फोटक इनिङ खेले भने Angkrish Raghuvanshi ले ४४ बलमा ८२ रनको उत्कृष्ट योगदान दिए।

Attariya Hospital

जवाफमा गुजरात टाइटन्सले ४ विकेट गुमाएर २१८ रन मात्र बनाउन सक्यो। कप्तान Shubman Gill ले ४९ बलमा ८५ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। Jos Buttler ले ५७ रनको योगदान गरे पनि पर्याप्त भएन।

nawajiwan

कोलकाताका लागि बलिङतर्फ Sunil Narine ले किफायती बलिङ गर्दै महत्वपूर्ण २ विकेट लिए। यस जितसँगै कोलकाताले अंकतालिकामा आफ्नो स्थिति मजबुत बनाएको छ भने गुजरात दोस्रो स्थानमै सीमित भएको छ।