कोहलीको आक्रामक शतकसँगै आरसिबी शीर्ष स्थानमा, कोलकाता ६ विकेटले पराजित

Image
Nisarga Hospital
विराट कोहलीको विस्फोटक अविजित शतकीय इनिङ्सको मद्दतले रोयल च्यालेन्जर्स बेन्गलुरु (आरसिबी) ले आइपिएलमा कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ। यो सानदार जितसँगै आरसिबी अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
CP Hospital Dhangadhi
रायपुरमा कोलकाताले दिएको १९२ रनको चुनौतीपूर्ण लक्ष्य आरसिबीले १९.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। आरसिबीका लागि ६० बलमा १०५ रनको आक्रामक पाली खेलेका कोहली ‘प्लेयर अफ द म्याच’ चुनिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९२ रन बनाएको थियो। उसका लागि अङ्ककृष रघुवंशीले ४६ बलमा ७१ रन र रिंकु सिंहले २९ बलमा अविजित ४९ रनको उत्कृष्ट योगदान दिए पनि टोलीलाई जिताउन सकेनन्। कोहलीको लयका अगाडि कोलकाताका बलरहरू निरिह देखिए।
nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
यो जितसँगै १२ खेलबाट १६ अङ्क जोड्दै आरसिबी शीर्ष स्थानमा रहँदा समान अङ्क भएको गुजरात रनरेटमा दोस्रो स्थानमा छ। पराजित कोलकाता ९ अङ्कसहित आठौँ स्थानमा खस्किएको छ।
Dhnagadhi & Krishanapur