कृष्णपुरका सबै वडामा नि:शुल्क आँखा सँगै ओठ/तालु काटिएका बालबालिकाको छनोटशिविर आज देखि संचालनमा

Image
Nisarga Hospital

अत्तरियाः कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आजदेखि नि:शुल्क आँखा शिविर सँगै ओठ–तालु च्यातिएका बालबालिकाको शल्यक्रियाका लागि छनोट शिविर सञ्चालनमा आएको छ। कृष्णपुर नगरपालिकाको आयोजना तथा धनगढी नेत्रालय को प्राविधिक सहयोगमा सुरु भएको शिविरको उद्घाटन नगर प्रमुख हेमराज ओझाले गरेका हुन्।

CP Hospital Dhangadhi

nawajiwan

शिविरमार्फत नागरिकलाई नि:शुल्क आँखा परीक्षण, नजिकको चस्मा वितरण तथा मोतियाबिन्दु भएका बिरामीको नि:शुल्क शल्यक्रिया सेवा प्रदान गरिने नगरपालिकाले जनाएको छ। साथै जीवा फाउन्डेसन को सहयोगमा ओठ तथा तालु फाटेका नवजात शिशु र बालबालिकाको नि:शुल्क शल्यक्रियाका लागि छनोट प्रक्रिया समेत सुरु गरिएको छ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नगर प्रमुख हेमराज ओझाले कृष्णपुर नगरपालिकाले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच सुनिश्चित गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले आर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकलाई लक्षित गर्दै शिविर आयोजना गरिएको उल्लेख गरे।

उनले भने, “कृष्णपुर नगरपालिकाले ‘नागरिकसँग मेयर’ कार्यक्रममार्फत पालिकाका विभिन्न बस्ती र वडामा पुगेर हजारौं नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ। स्वास्थ्य परीक्षण, परामर्श, औषधि वितरणदेखि विशेषज्ञ सेवा सम्मका कार्यक्रम सञ्चालन गरेर नागरिकको घरदैलोमै सेवा पुर्‍याउने प्रयास भइरहेको छ। अहिले सञ्चालन गरिएको आँखा तथा ओठ–तालु छनोट शिविरले पनि विपन्न र उपचारको पहुँच बाहिर रहेका नागरिकलाई ठूलो राहत मिल्ने विश्वास लिएका छौं।”

Attariya Hospital

त्यसैगरी स्वास्थ्य शाखा प्रमुख बन्सी राज भट्टले शिविरलाई प्रभावकारी बनाउन पालिकाभित्रका सबै स्वास्थ्य संस्था परिचालन गरिएको जानकारी दिए। उनका अनुसार विभिन्न वडामा सञ्चालन हुने शिविरमा आँखा जाँच, चस्मा वितरण, मोतियाबिन्दुको शल्यक्रिया तथा ओठ–तालु फाटेका बालबालिकाको छनोट सेवा उपलब्ध हुने बताएका छन । नगरपालिकाले सबै नागरिकलाई समयमै शिविरमा सहभागी भई स्वास्थ्य सेवा लिन आग्रह गरेको छ।

क्र.सं. मिति (२०८३) बार स्थान (स्वास्थ्य संस्था) वडा नं.
जेठ ०६ बुधबार आधारभूत स्वास्थ्य सेवा केन्द्र, दोमिल्ला
जेठ ०७ बिहीबार आधारभूत स्वास्थ्य सेवा केन्द्र, निगाली
जेठ ०८ शुक्रबार आधारभूत स्वास्थ्य सेवा केन्द्र, नन्दिपुर
जेठ १० आइतबार आधारभूत स्वास्थ्य सेवा केन्द्र, गढबिजुला
जेठ ११ सोमबार आधारभूत स्वास्थ्य सेवा केन्द्र, कटान
जेठ १२ मंगलबबार आधारभूत स्वास्थ्य सेवा केन्द्र, मालुबेला
जेठ १३ बुधबार आधारभूत स्वास्थ्य सेवा केन्द्र, साहारानगर
जेठ १४ बिहीबार कृष्णपुर स्वास्थ्य चौकी, गुलरिया
जेठ १५ शुक्रबार सामुदायिक भवन, बन्जरिया
१० जेठ १७ आइतबार आधारभूत स्वास्थ्य सेवा केन्द्र, मौरीफाँटा
११ जेठ १८ सोमबार आधारभूत स्वास्थ्य सेवा केन्द्र, कलुवापुर
१२ जेठ १९ मंगलबार रैकाबार बिचवा स्वास्थ्य चौकी, बिचवा
१३ जेठ २० बुधबार सरस्वती आ. वि., पिपरिया
१४ जेठ २१ बिहीबार आधारभूत स्वास्थ्य सेवा केन्द्र, राजघाट