
नयाँ नयाँ सरकारको योजना खास हुनेगर्छ,
गरिब सुकुम्बासीहरू को उठिबास हुनेगर्छ।

बिभेद रोकिदैन सबै जाती लेङ्गीय समश्या,
पुँजिवादमा धन बिना जिउँदा लाश हुनेगर्छ।
कतै रोधन छ कतै नारा जुलुस लुगा छोडाई,
किन्नर सबैका आफ्नै समश्यकै रास हुनेगर्छ।

सरकार जोरजवर्जस्ती नगर रचनात्मक गरौँ,
यस्तो ब्यवहारले त आफ्नै उपहास हुनेगर्छ।
ठूला मगरमच्छ नै छोपौ छाडौं झिनामसिना,
यस्ता उल्झनले तिम्रो योजना नाश हुनेगर्छ।
भत्किए टहराहरू भयो बिचिल्ली बस्तिमा,
सरकारकै जिम्मा गाँस बास कपास हुनेगर्छ।
॥१॥
कतिछन् कति धर्मको नाममा पाप गर्नेहरू,
मातृत्व दाउँमा राखेर धनको जाप गर्नेहरू।
आफ्नै स्वार्थ पुरागर्न अर्काको दिन्छन् बलि,
नीजिस्वार्थका निमित्त हेर करकाप गर्नेहरू।
कुनै दिन फस्नेछन् आफै खनेको खाडलमा,
अरूलाई बिना कसुर अनाप सनाप गर्नेहरू।
कसरी जोग्गिनसक्ला आन्धिवेरी आएपछि,
पर्नेछन् उनै धरापमा बेमेल मिलाप गर्नेहरू।
जीवन एकमुट्ठी स्वास छउञ्जेल आफ्नो हो,
कहानि लेख्नेछन् तिम्रो शोकसन्ताप गर्नेहरू।
रहदैन योवन बल र सुन्दर अधर सधैँ कसैको,
मुर्झाएपछि फर्किदैनन् पिठ्यूँमा धाप गर्नेहरू।

॥२॥
यत्ति हो गालिको भन्दा तालीको आस सबैलाई,
उस्तै छ अनुरोध मलाई पनि जो खास सबैलाई।
शब्द छनौट न गला वाचनपनि छैन कला राम्रो,
फेरी पनि गर्दैछु थाहाछ म दुशसहास सबैलाई।
तर आव़स शुझाव आवस मैत्रिपूर्ण आलोचना,
कोसीस गर्नेछु म समयको नहौस् नास सबैलाई।
मनोरञ्जन त खै कसरी होला र न कला नगला,
हेरेरनै मख्ख हुने अनुरोध छ आसपास सबैलाई।
यो वाचन यहाँ पहिलो हो तर म नयाँ होइन मित्र,
तिखार्न मठार्न नसकेपनि कथाको रास सबैलाई।
स्वागतम् भने तहदिल देखि नतमस्तक छु आफै,
तालि अवश्य मार्नु नसम्झनु यो बक्वास सबैलाई
सुरेशकुमार पाण्डे दाङ घोराही १८
































