अय्यरको शतकीय आँधीमा पञ्जाबको शानदार जित, प्लेअफ आशा जीवित

Image
Nisarga Hospital

Shreyas Iyer को अविजित शतकको मद्दतमा Punjab Kings ले Lucknow Super Giants माथि ७ विकेटको प्रभावशाली जित दर्ता गरेको छ। शनिबार राति लखनउमा सम्पन्न खेलमा १ सय ९७ रनको लक्ष्य पछ्याएको पञ्जाबले १८ ओभरमै ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

CP Hospital Dhangadhi

जितका प्रमुख नायक बनेका अय्यरले ५१ बलमा अविजित १०१ रनको विस्फोटक इनिङ्स खेल्दै टोलीलाई सहज जित दिलाए। उत्कृष्ट प्रदर्शनका लागि उनी ‘प्लेयर अफ द म्याच’ घोषित भए।

यसअघि टस जितेर ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९६ रन बनाएको थियो। तर पञ्जाबको आक्रामक ब्याटिङअघि त्यो योगफल जोगिन सकेन।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यो जितसँगै पञ्जाबको प्लेअफ सम्भावना कायम रहेको छ। अब टोलीको भविष्य Rajasthan Royals र Mumbai Indians बीचको खेलको नतिजामा निर्भर रहनेछ।

Dhnagadhi & Krishanapur