नेपालमै केही गरौँ: जनकधाममा १५ जना किसानलाई रोजगारीको अवसर, खाना बस्न सहित आकर्षक तलब सुबिधा

Image
Nisarga Hospital

 विदेश पलायन बढिरहेका बेला धनुषाको जनकधामस्थित जनकधाम नेचुरल लाइफ केयर सेन्टरले १५ जना कामदारको माग गर्दै रोजगारको अवसर खुलाएको छ। प्राकृतिक चिकित्सा, जैविक कृषि तथा गौ-आधारित उत्पादनमा आधारित सेन्टरले फार्ममै बसेर काम गर्न सक्ने महिला, पुरुष तथा दम्पतीहरूलाई प्राथमिकता दिने जनाएको छ।

CP Hospital Dhangadhi

क्षीरेश्वरनाथ नगरपालिका–८ स्थित सेन्टरमा गाई दूहने, मेस सञ्चालन गर्ने, गाईको गोबर र गौमूत्रबाट विभिन्न उपयोगी सामग्री उत्पादन गर्ने, अर्गानिक तरकारी खेती गर्ने, गौशाला व्यवस्थापन तथा जडीबुटी खेतीको रेखदेख गर्ने कामका लागि जनशक्ति आवश्यक परेको हो।

nawajiwan

सेन्टरका अनुसार गाईपालन, अर्गानिक खेती वा ठूलो मेसमा खाना पकाउने अनुभव भएका, शारीरिक रूपमा स्वस्थ र समूहमा मिलेर काम गर्न सक्ने व्यक्तिहरूले आवेदन दिन सक्नेछन्। काम तुरुन्तै सुरु गर्नुपर्ने जनाइएको छ।

कामदारहरूलाई मासिक १८ हजारदेखि २१ हजार रुपैयाँसम्म तलब, निःशुल्क आवास, वार्षिक कपडाको व्यवस्था, स्वास्थ्य बीमा तथा कामको मूल्यांकनका आधारमा बोनस सुविधा उपलब्ध गराइने बताइएको छ।

Attariya Hospital

रोजगारीका लागि विदेश जानु मात्र विकल्प होइन भन्ने सन्देश दिँदै यस्तो पहलले नेपालमै बसेर श्रम, सीप र उत्पादनमार्फत आत्मनिर्भर बन्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

थप जानकारीका लागि ९८५४०७२७२० वा ९८१७८०२५०२ (अमित राउत) मा सम्पर्क गर्न सकिनेछ।