स्वाथ्य क्षेत्रमा सहकार्यका लागि ‘भिजिवल इम्प्याक्ट’ र गोदावरी नगरपालिकाबीच छलफल सम्पन्न

Image
Nisarga Hospital

अत्तरिया: युवा तथा महिलाहरूको स्वास्थ्य र अधिकारका क्षेत्रमा क्रियाशील संस्था भिजिवल इम्प्याक्ट (Visible Impact) ले गोदावरी नगरपालिकामा आगामी दिनमा संचालन गरिने स्वास्थ्य कार्यक्रमहरूको प्रभावकारिता र सहकार्यका विषयमा एक महत्त्वपूर्ण समीक्षा तथा छलफल बैठक सम्पन्न गरेको छ।

CP Hospital Dhangadhi

​आज आयोजित उक्त बैठकमा संस्थाका प्रतिनिधिहरू र गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत नवराज अवस्थीबीच विशेष भेटघाट र छलफल भएको हो। बैठकमा गोदावरी नगरपालिकाभित्र हालसम्म भएका स्वास्थ्य सम्बन्धी गतिविधिहरूको समीक्षा गरिनुका साथै आगामी दिनमा युवा तथा छात्राहरू लक्षित के-कस्ता नयाँ कार्यक्रमहरू संचालन गर्न सकिन्छ भन्ने विषयमा सघन संवाद भएको थियो।

​कार्यक्रममा सन् २०२५ का सोसल च्याम्पियन (Social Champion) एल.आर. ओझाले आफ्नो कार्यकालमा स्वास्थ्य र सचेतनाका क्षेत्रमा भएका विविध उपलब्धि तथा गरिएका कार्यहरूको विस्तृत विवरण प्रस्तुत गर्नुभएको थियो।

nawajiwan
Attariya Hospital

​यसैगरी, संस्थाकी प्रतिनिधि पार्वती कुमारी जोशीले स्थानीय रैथाने शैक्षिक संस्थाहरू— दुर्गा लक्ष्मी नमुना माध्यमिक विद्यालय, दुर्गालक्ष्मी बहुमुखी क्याम्पस (अत्तरिया), र लक्ष्मी माध्यमिक विद्यालयमा विभिन्न समयमा सफलतापूर्वक सम्पन्न गरिएका सचेतनामूलक कार्यक्रमहरूको बारेमा जानकारी गराउनुभएको थियो। उहाँले विद्यालय र क्याम्पस स्तरमा छात्राहरूको प्रजनन स्वास्थ्य र महिनावारी स्वच्छताका विषयमा गरिएका प्रयासहरू फलदायी रहेको उल्लेख गर्नुभयो।

​स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले भिजिवल इम्प्याक्टले स्थानीय स्तरमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा नगरपालिकाको स्वास्थ्य शाखाले संस्थाका सकारात्मक कार्यक्रमहरूलाई आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

​उक्त महत्त्वपूर्ण छलफल बैठकमा संस्थाका तर्फबाट पुष्प बुढा, चरित्र बुढा, र निशान्त जोशी लगायतको सक्रिय उपस्थिति रहेको थियो। बैठकले आगामी दिनमा गोदावरी क्षेत्रका युवा तथा विद्यार्थीहरूको स्वास्थ्य चेतनास्तर उकास्न थप प्रभावकारी ढंगले अगाडि बढ्ने साझा निष्कर्ष निकालेको छ।