दीपेन्द्रसिंह ऐरी टी–२०आई अलराउन्डर वरियतामा चौथो स्थानमा उक्लिए

Image
Nisarga Hospital

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२०आई अलराउन्डर वरियतामा एक स्थान सुधार गर्दै चौथो स्थानमा पुगेका छन्। आईसीसीले मंगलबारसम्मको प्रदर्शन आधारमा बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा उनी पाँचौँ स्थानबाट चौथोमा उक्लिएका हुन्। उनको रेटिङ अंक हालसम्मकै उच्च २५६ पुगेको छ।

CP Hospital Dhangadhi

नेपालले हालै सिंगापुरमा सम्पन्न एसियन गेम्स छनोटमा अपराजित रहँदै उपाधि जित्दा दीपेन्द्रको प्रदर्शन महत्वपूर्ण रह्यो। उनले खेलिएका अवसरमा ४० रन बनाउनुका साथै ४ विकेट पनि लिएका थिए। यद्यपि उनलाई ब्याटिङ गर्ने अवसर सीमित थियो।

Attariya Hospital

वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा ३२८ रेटिङ अंकसहित यथावत छन्। भारतका हार्दिक पान्ड्या दोस्रो र पाकिस्तानका सायम अयुब तेस्रो स्थानमा रहेका छन्। अजमतुल्लाह ओमरजाइ भने चौथोबाट पाँचौँ स्थानमा झरेका छन्। दीपेन्द्रको यो उपलब्धिले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय स्तरमा बढ्दो पहिचान र सुधारलाई थप मजबुत बनाएको छ।

nawajiwan