
विश्व फुटबल इतिहासमै पहिलोपटक अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न लागेको विश्वकपको उद्घाटन भव्य सांगीतिक तथा सांस्कृतिक कार्यक्रमसहित हुने भएको छ। ४८ राष्ट्र सहभागी रहने यस प्रतियोगिताले फुटबलसँगै मनोरञ्जन र ग्ल्यामरको समेत उत्सव प्रस्तुत गर्नेछ।
मेक्सिको सिटीको प्रतिष्ठित एज्टेका रंगशालामा हुने उद्घाटन समारोहको मुख्य आकर्षण ‘वाका वाका’ फेम गायिका Shakira रहनेछिन्। उनीसँगै J Balvin, Ryan Castro लगायत कलाकारले प्रस्तुति दिनेछन् भने अभिनेत्री Salma Hayek ले विश्वभरका समर्थकलाई स्वागत गर्नेछिन्।
अमेरिकाको लस एन्जलसमा हुने ९० मिनेट लामो समारोहमा Katy Perry, Anitta, Lisa, रेमा र टाइलाले प्रस्तुति दिनेछन्। क्यानडामा भने बलिउडकी चर्चित कलाकार Nora Fatehi सहित अन्तर्राष्ट्रिय स्टारहरूको विशेष प्रस्तुति रहनेछ।
उद्घाटन खेलमा आयोजक Mexico र South Africa आमनेसामने हुनेछन्। समूह ‘ए’ अन्तर्गत अर्को खेलमा Czech Republic र South Korea भिड्नेछन्। दक्षिण कोरियाको कप्तानी स्टार फुटबलर Son Heung-min ले गर्नेछन्।

































