डलर फेरि महँगियो, राष्ट्र बैंकले सार्वजनिक गर्‍यो नयाँ विनिमय दर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५२ पैसा कायम गरिएको छ।

CP Hospital Dhangadhi

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९७ पैसा तथा बिक्रीदर १०७ रुपैयाँ ३९ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८४ पैसा तोकिएको छ।

युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७७ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ। त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ३५ पैसा र बिक्रीदर २०५ रुपैयाँ १६ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

nawajiwan
Attariya Hospital

केन्द्रीय बैंकका अनुसार आवश्यकता अनुसार विनिमय दर जुनसुकै समयमा संशोधन हुन सक्नेछ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर भने फरक हुन सक्ने भएकाले अद्यावधिक विवरण राष्ट्र बैंकको वेबसाइटमार्फत हेर्न सकिने जनाएको छ।