कैलालीको गेटा आँखा अस्पतालमा व्यवस्थापन र संघर्ष समिति बीच सहमति, आन्दोलन फिर्ता

Image
Nisarga Hospital

कैलालीको गेटा आँखा अस्पतालमा व्यवस्थापन समिति र संघर्ष समितिबीच महत्वपूर्ण सहमति भएको छ। लामो समयदेखि चलिरहेको विवाद अन्त्य गर्दै दुवै पक्षले अस्पताल सुधार, पारदर्शिता र सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने समझदारी गरेका छन्।

CP Hospital Dhangadhi

संघर्ष समितिले अस्पतालभित्र राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने, स्वास्थ्यकर्मीहरूको सेवा सुविधा तथा पदोन्नति सुनिश्चित गर्नुपर्ने, तथा केही कर्मचारीमाथि कारबाहीको माग गर्दै आन्दोलन गर्दै आएको थियो। साथै, स्थानीय सहभागिता वृद्धि, चिकित्सकको तत्काल पदपूर्ति, गैरकानूनी ठेक्का प्रथाको अन्त्य, शुद्ध खानेपानी र शौचालय व्यवस्थापन, बिरामीप्रतिको व्यवहार सुधार तथा आय–व्यय सार्वजनिक गर्नुपर्ने माग पनि राखिएको थियो।

Attariya Hospital

सहमति अनुसार अवकाशपछि करारमा कार्यरत तीन कर्मचारीको सेवा २०८३ असारपछि नथप्ने, तथा प्रशासनिक गतिविधिमा विवादित भनिएका गोविन्द जोशीलाई सरुवा गर्ने सहमति भएको छ। साथै, माग कार्यान्वयन नभएमा व्यवस्थापन समितिले एक महिनाभित्र राजीनामा दिई मार्गप्रशस्त गर्ने सहमति समेत भएको छ।

nawajiwan

नेपाल नेत्र ज्योति संघ कैलालीका अध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकरज जोशीका अनुसार सहमतिपछि अस्पतालमा शान्त वातावरण कायम भएको छ। संघर्ष समितिका अध्यक्ष गणेश विष्टले पनि सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएको जानकारी दिएका छन्।