रास्वपाको कैलाली जिल्ला अधिवेशनको निर्वाचन बदर, पुनः मतदान हुने

Image
Nisarga Hospital

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्ला अधिवेशनअन्तर्गत सम्पन्न सम्पूर्ण निर्वाचन प्रक्रिया र त्यसबाट घोषित नतिजा बदर गरेको छ। आयोगका प्रमुख भुवन केसीद्वारा जारी निर्णयमा निर्वाचन विधान तथा निर्वाचन कार्यविधिविपरीत सञ्चालन भएको निष्कर्षसहित नतिजा रद्द गरिएको उल्लेख छ।

CP Hospital Dhangadhi

आयोगका अनुसार निर्वाचनमा न्यूनतम आधारभूत प्रक्रिया पालना नभएको, मतदान र मतगणनाका क्रममा स्थापित नियम उल्लंघन भएको तथा योग्य सदस्य र प्रतिनिधिहरूको सहभागिता सुनिश्चित नभएको पाइएको छ। साथै, प्रमुख उम्मेदवारहरूले निर्वाचनअघि नै लिखित असहमति जनाउँदै निर्वाचन बहिष्कार गरेकाले प्रक्रियाको निष्पक्षता र वैधतामाथि गम्भीर प्रश्न उठेको आयोगले जनाएको छ।

Attariya Hospital

विवादबीच सम्पन्न निर्वाचनबाट कविन्द्र ठकुल्ला जिल्ला सभापतिमा निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी महेश कुमार चौधरीले ३७ र हरि रेग्मीले २२ मत प्राप्त गरेका थिए। तर, उम्मेदवारद्वय हरि रेग्मी र महेश चौधरीले निर्वाचन समिति अवैधानिक रहेको तथा मतदाता नामावलीमा धाँधली भएको आरोप लगाउँदै निर्वाचन रोक्न मागसहित उजुरी दिएका थिए।

nawajiwan

प्राप्त उजुरी र प्रमाणहरूको अध्ययनपछि निर्वाचन प्रक्रिया त्रुटिपूर्ण रहेको निष्कर्ष निकाल्दै केन्द्रीय निर्वाचन आयोगले सम्पूर्ण नतिजा बदर गरेको हो। आयोगले अब कैलालीमा निष्पक्ष, पारदर्शी र विधिसम्मत ढंगले पुनः निर्वाचन गराउन छिट्टै नयाँ कार्यतालिका सार्वजनिक गर्ने तथा केन्द्रीय प्रतिनिधि टोली खटाउने जनाएको छ। यससँगै कैलाली जिल्ला नेतृत्व चयनका लागि फेरि निर्वाचन हुने भएको छ।