पश्चिमी वायुको प्रभाव : पहाडी क्षेत्रमा वर्षा, लुम्बिनी–सुदूरपश्चिम तराईमा गर्मी बढ्ने

Image
Nisarga Hospital

नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको संयुक्त प्रभावका कारण आज देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

CP Hospital Dhangadhi

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

Attariya Hospital

कोशी प्रदेशको तराईका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्नेछ। यता, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने भए पनि तातो दिनको सम्भावना रहेको महाशाखाले जनाएको छ।

nawajiwan

आज राति पनि हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली कायम रहनेछ। विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने बागमती र गण्डकीका केही पहाडी क्षेत्रमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।