गोदावरी बासपानीमा वन कार्यालयको डोजरपछि ४७ घर टहरा भत्काइए, स्थानीय बिचल्लीमा; वन कर्मचारीविरुद्ध मुद्दा र छानबिन समिति गठन

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका–४ बासपानी भ्यागुतेपानी क्षेत्रमा डिभिजन वन कार्यालयले अतिक्रमण हटाउने क्रममा ४७ घर टहरा भत्काएपछि स्थानीयवासी गम्भीर रूपमा विस्थापित भएका छन्। गत शुक्रबार गरिएको उक्त कारबाहीपछि स्थानीयहरू गाँस–बासविहीन बनेको भन्दै आक्रोशित बनेका छन्। उनीहरूले पूर्वसूचना बिना घर भत्काइएको, सामान निकाल्नसमेत नदिइएको र बर्खाको समयमा ठूलो पीडा भोग्नुपरेको बताएका छन्।

CP Hospital Dhangadhi

स्थानीय संकोशा सिंहले खानेकुरा समेत बाहिर निकाल्न नपाएको र बच्चासहित सडकमा बस्न बाध्य भएको बताइन्। सुमित्रा ढाटले सामान सुरक्षित राख्न नदिएको आरोप लगाइन् भने कक्षा १० मा अध्ययनरत दीक्षा बुढा मगरले घर भत्किँदा पढाइ प्रभावित भएको बताइन्। मिना कुमारी बोहराले साना बालबालिकासहित आफूहरू अलपत्र परेको गुनासो गरिन्। स्थानीय गजेन्द्र बहादुर सिंहले राज्यले नै निस्सा दिएको जग्गा पछि अतिक्रमण भनिनु विरोधाभास भएको दाबी गरे।

nawajiwan

Attariya Hospital

स्थानीयले क्षतिपूर्ति, नापी–नक्सा प्रमाणित जग्गा, काटिएका खानेपानी र विद्युत पुनःजडान तथा दोषी कर्मचारीमाथि कारबाहीको माग गर्दै संघर्ष समिति गठन गरेका छन्। समाजसेवी बिराज विष्टले वर्षौंदेखि बसोबास गर्दै आएका बस्ती हटाउनु अमानवीय भएको बताए।

घटनापछि टेम्पो भिरबाट खसालिएको विषयले सामाजिक सञ्जालमा आलोचना बढेपछि वरिष्ठ वन अधिकृतसहित १२ कर्मचारीमध्ये दुई जनाविरुद्ध शान्ति विरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। बाँकीलाई रिहा गरिएको छ। प्रदेश सरकारले घटनाको छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ। वन कार्यालयले भने टेम्पो दुर्घटनावश खसेको दाबी गर्दै अतिक्रमण हटाउने क्रममा भएको जनाएको छ।