डेभिडको ह्याट्रिकमा क्यानडाको ऐतिहासिक ६–० जित, कतार निरीह

Image
Nisarga Hospital

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा क्यानडाले कतारमाथि ६–० को फराकिलो जित हात पारेको छ। जोनाथन डेभिडको सानदार ह्याट्रिक र टोलीको आक्रामक प्रदर्शनका कारण कतार पूर्ण रूपमा निरीह बनेको हो।

CP Hospital Dhangadhi

खेलको १६औँ मिनेटमा काइल लारिनले गोल गर्दै क्यानडालाई अग्रता दिलाए। २९औँ मिनेटमा डेभिडले दोस्रो गोल थपे भने ३३औँ मिनेटमा कतारका होमाम अहमदले रातो कार्ड खाँदै मैदान छोडेपछि टोली १० खेलाडीमा सीमित भयो। पहिलो हाफको इन्जुरी समयमा डेभिडले व्यक्तिगत दोस्रो गोल गरे।

Attariya Hospital

दोस्रो हाफमा नेथन सालिबाले ६४औँ मिनेटमा गोल गर्दै अग्रता ४–० पुर्‍याए। ७५औँ मिनेटमा कतारका मोहमद मनाइले आत्मघाती गोल गरेपछि स्कोर ५–० बन्यो। अन्तिम समयमा डेभिडले ह्याट्रिक पूरा गर्दै ६–० को ऐतिहासिक जित दिलाए।

nawajiwan

यसअघि क्यानडाले बोस्नियासँग १–१ को बराबरी खेलेको थियो। यो जितसँगै टोलीको २ खेलबाट ४ अंक भएको छ भने कतार १ अंकमै सीमित भएको छ।