कम्मान सिंह साउदका दुई कबिता

Image
Nisarga Hospital

।।। स्वार्थी। ।।

CP Hospital Dhangadhi

चौ अ नी दिँदा अठन्नी माग्छ, अठन्नी दिँदा रुपैयाँ
बाहिरी हेर्दा भद्र जस्तो, भित्री बुझ्दा ढाडे उपैया ।

आफ्नो स्वार्थ पूरा गरे, उ त राम राम
स्वार्थमाथि इन्कार गरे, उ त महा हराम ।।

nawajiwan

जसका छन् आफन्त, सन्त र महन्त
ऊ कहिले बन्न चाहँदैन, सम्राट र सामन्त।।।

भरि घडा भएनी सुन, प्यास मेटाउँदै न नुन
स्वार्थीलाई कहिले नि, नपच् दो रहेछ गुन।।।

Attariya Hospital

स्वार्थभित्र सिद्धान्त रेटी, गर्दै हिँड्छ स्वयम्वर
‘जसको काम उसैको नाम’राख्दा, जप्दै गर्छ यलम्ब र।।।।।

।।संघर्ष।।।

सफलता मिलोस् नमिलोस।
कर्म रोकिनु भएन।
दु:ख आओस् जाओस्
मस्तिष्क भौतारिनु भएन ।
भीर होस् या तीर होस्
यात्रा रोकिनु भएन ।
जीवन त सङ्घर्ष हो।
वायु चलोस् नचलोस्
श्वास रोकिनु भएन ।।।

✍️ कम्मान सिंह साउद सह-प्राध्यापक, त्रिपुरासुन्दरी क्याम्पस, अछाम