एम्बाप्पेको दोहोरो गोलमा फ्रान्सको प्रभावशाली जित

Image
Nisarga Hospital

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को खेलमा फ्रान्सले इराकलाई ३–० ले पराजित गर्दै प्रभावशाली अग्रता बनाएको छ। फिलाडेल्फिया रंगशालामा ६९औँ मिनेटसम्म फ्रान्सले उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो नियन्त्रणमा राखेको छ।

CP Hospital Dhangadhi

फ्रान्सका कप्तान किलियन एम्बाप्पेले दुई गोल गरे। उनले १४औँ मिनेटमा माइकल ओलिसेको पासमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए भने ५४औँ मिनेटमा उस्मान डेम्बेलेको सहयोगमा दोस्रो गोल थपे।

त्यसपछि ६६औँ मिनेटमा डेम्बेलेले ओलिसेको पासमा गोल गर्दै फ्रान्सको अग्रता ३–० बनाएका हुन्। इराकले खेलमा पुनरागमन गर्ने अवसर लगभग गुमाएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

खराब मौसमका कारण दोस्रो हाफअघि करिब दुई घण्टा खेल रोकिए पनि फ्रान्सको लयमा कुनै असर परेन। खेल पुनः सुरु भएपछि पनि फ्रान्सले आक्रामक प्रदर्शन जारी राख्यो।

माइकल ओलिसे दुई असिस्टसहित खेलका प्रमुख खेलाडी बनेका छन्। एम्बाप्पेले आफ्नो १००औँ अन्तर्राष्ट्रिय खेललाई दुई गोलसहित विशेष बनाएका छन्।

पहिलो खेलमा सेनेगललाई पराजित गरेको फ्रान्स लगातार दोस्रो जित नजिक पुगेको छ, जसले नकआउट चरणतर्फ उसको यात्रा थप बलियो बनाएको छ।

Dhnagadhi & Krishanapur