लागुऔषधको ‘सप्लाई चेन’ तोड्न गृहमन्त्रीको निर्देशन, दीर्घकालीन अभियानमा जोड

Image
Nisarga Hospital

गृहमन्त्री सुधन गुरुङले लागुऔषध नियन्त्रणका लागि यसको ‘सप्लाई चेन’ नै तोड्ने गरी प्रभावकारी र दीर्घकालीन अभियान सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

CP Hospital Dhangadhi

अन्तर्राष्ट्रिय लागुऔषध नियन्त्रण तथा ओसारपसारविरुद्धको दिवसका अवसरमा जारी शुभकामना सन्देशमा गृहमन्त्री गुरुङले सीमित प्रयासले मात्र लागुऔषध नियन्त्रण सम्भव नहुने उल्लेख गर्दै अब आपूर्ति शृङ्खला भत्काउने, प्रयोगकर्ताको पुनःस्थापना गर्ने तथा दीर्घकालीन रणनीतिका साथ अभियान अघि बढाउनुपर्ने बताएका छन्।

Attariya Hospital

उनले लागुऔषध नियन्त्रण सरकारको मात्र जिम्मेवारी नभई निजी क्षेत्र, विद्यालय, विश्वविद्यालय, खेलकुद संस्था, युवा क्लब, आमा समूह तथा सम्पूर्ण समुदायको साझा दायित्व भएको उल्लेख गरेका छन्। सबै पक्षको सक्रिय सहभागिता र समन्वयबाट मात्र लागुऔषध दुव्र्यसन नियन्त्रण प्रभावकारी बन्ने उनको भनाइ छ।

nawajiwan

गृहमन्त्री गुरुङले लागुऔषधको प्रयोगले विशेषगरी किशोर तथा युवाको स्वास्थ्य, मानसिक विकास र भविष्यमा गम्भीर असर पार्ने भएकाले यसलाई केवल कानुनी मुद्दाका रूपमा नभई सामाजिक चुनौतीका रूपमा लिएर सामूहिक प्रयासमार्फत नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन्।