
प्युठान: प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज राना सवार सरकारी गाडी शनिबार दिउँसो दुर्घटनामा पर्दा उहाँको निधन भएको छ।

प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईंका अनुसार स्वर्गद्वारी नगरपालिका–२ खाला क्षेत्रमा स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु.प्र.०१–००१ झ ०००८ नम्बरको सरकारी गाडी अनियन्त्रित भई करिब ५०० मिटर तल भीरमा खसेको थियो।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा अनुसन्धान थालेको थियो। दुर्घटनापछि गम्भीर घाइते भएका उपप्रमुख रानाको उपचारका क्रममा निधन भएको पुष्टि भएको छ।


दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ भने अन्य क्षति तथा सम्भावित घाइतेबारे विस्तृत विवरण आउन बाँकी छ।
उपप्रमुख रानाको असामयिक निधनले स्वर्गद्वारी नगरपालिकासहित प्युठान जिल्लाभर शोकको वातावरण बनेको छ।
































