सुन–चाँदीको मूल्य घट्यो, प्रतितोलामा ६०० रुपैयाँसम्मको गिरावट

Image
Nisarga Hospital

नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। अन्तर्राष्ट्रिय बजारको उतारचढावको प्रभावका कारण स्थानीय बजारमा पनि बहुमूल्य धातुको मूल्यमा गिरावट आएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेर २ लाख ७७ हजार ३०० रुपैयाँ कायम भएको छ। मंगलबार यही सुन प्रतितोला २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम सुनको मूल्य २ लाख ३७ हजार ७४० रुपैयाँ निर्धारण गरिएको छ, जुन अघिल्लो दिन २ लाख ३८ हजार २५५ रुपैयाँ थियो।
त्यसैगरी चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार यसको मूल्य ४ हजार २८५ रुपैयाँ थियो। १० ग्राम चाँदीको मूल्य भने ३ हजार ६६० रुपैयाँ ५० पैसा कायम गरिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य परिवर्तनका आधारमा दैनिक रूपमा नेपाली बजारका लागि सुन–चाँदीको मूल्य निर्धारण गर्दै आएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital