गोरखापत्र संस्थानको महाप्रबन्धकमा पत्रकार हिक्मतबहादुर रावल नियुक्त

Image
Nisarga Hospital

सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा वरिष्ठ सञ्चारकर्मी हिक्मतबहादुर रावललाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको प्रस्तावमा रावललाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।

CP Hospital Dhangadhi

सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै रावलको नियुक्ति भएको जानकारी दिए।

Attariya Hospital

महाप्रबन्धक पदका लागि आवेदन दिएका उम्मेदवारमध्ये सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले यसअघि १० जनाको अन्तिम सूची सार्वजनिक गरेको थियो। सोही प्रक्रियाअनुसार रावल नियुक्त भएका हुन्।

nawajiwan

सुदूरपश्चिमको धनगढी निवासी रावल नेपाली पत्रकारितामा लामो अनुभव बोकेका सञ्चारकर्मी हुन्। उनले एभिन्युज टेलिभिजनमा सुदूरपश्चिम ब्युरो प्रमुखका रूपमा लामो समय काम गरेका थिए। त्यसपछि न्युज २४ टेलिभिजनमा सोही जिम्मेवारी सम्हालेका रावलले ग्यालेक्सी टेलिभिजनमा समेत पत्रकारिता गरेका थिए। पछिल्लो समय उनी बीबीसी नेपाली सेवासँग आबद्ध रहँदै पत्रकारितामा सक्रिय थिए। उनको नियुक्तिलाई सार्वजनिक सञ्चार संस्थानको नेतृत्वमा अनुभवी पत्रकारको आगमनका रूपमा हेरिएको छ।