शुक्रबार देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने चेतावनी

Image
Nisarga Hospital

जल तथा मौसम विज्ञान विभागले शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रहने र अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाएको छ। विभागका अनुसार हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्छ। तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

CP Hospital Dhangadhi

शुक्रबार राति पनि देशभर बदली कायम रहने विभागको पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा केही स्थानमा तथा कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा थोरै स्थानमा वर्षा र हिमपात हुन सक्ने जनाइएको छ।

Attariya Hospital

यसैगरी, पहाडी र तराईका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। नदी–नाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा डुबान हुने स्थानमा आवश्यक सावधानी अपनाउन पनि विभागले अनुरोध गरेको छ।

nawajiwan