राष्ट्रपतिले राजीनामा दिनुपर्छ : प्रभु साह

Image
Nisarga Hospital

आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियता, संविधान र पदीय गरिमाको रक्षा गर्न नसकेको आरोप लगाउँदै पदबाट राजीनामा दिन आग्रह गरेका छन्।

CP Hospital Dhangadhi

बिहीबार पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै साहले राष्ट्रपति पौडेल वर्तमान सरकारको ‘रबरस्ट्याम्प’ बनेको टिप्पणी गरे। उनले संविधानको संरक्षकको भूमिकामा राष्ट्रपति असफल भएको आरोप लगाउँदै विभिन्न संवैधानिक र राजनीतिक निर्णयमा सरकारको दबाबमा काम गरेको दाबी गरे।

साहले असार ११ गते प्रमाणीकरण भएको वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ को विरोध गर्दै उक्त कानुनले विदेशी नागरिकलाई समेत कोषको कार्यकारी प्रमुख बन्ने बाटो खुलाउने दाबी गरे। उनले यसलाई राष्ट्रिय हितविपरीत भएको उल्लेख गर्दै राष्ट्रपति त्यसमा मौन बसेको आरोप लगाए।

nawajiwan
Attariya Hospital

सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेश, संसद् अधिवेशन स्थगन तथा अध्यादेशमार्फत शासन सञ्चालनजस्ता विषयमा पनि राष्ट्रपतिले संवैधानिक भूमिका निर्वाह गर्न नसकेको साहको आरोप छ।

दरबार हत्याकाण्डको छानबिन गर्ने सरकारको निर्णय उल्लेख गर्दै उनले तत्कालीन गृहमन्त्रीको नैतिक जिम्मेवारीका आधारमा समेत राष्ट्रपति पौडेलले पदबाट अलग हुनु देश र जनताको हितमा हुने धारणा व्यक्त गरे।