देशभर मनसुन सक्रिय: सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा भारी वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

Image
Nisarga Hospital

हाल देशभर मनसुनी वायु सक्रिय रहेकाले मौसममा व्यापक बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी भूभागतर्फ सरदर स्थानकै आसपास रहेकाले अधिकांश क्षेत्रमा वर्षाको प्रभाव देखिएको छ।

CP Hospital Dhangadhi

हाल बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। पहाडी तथा हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्र, साथै मधेस र कोशी प्रदेशका केही स्थानमा पनि वर्षा हुने पूर्वानुमान गरिएको छ।

महाशाखाले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ। त्यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

nawajiwan
Attariya Hospital

आज राति पनि देशभर अधिकांश स्थानमा बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा भारी वर्षा जारी रहन सक्ने अनुमान छ।

मौसमविद्ले नदी–नाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा शहरी डुबान हुन सक्ने स्थानमा विशेष सावधानी अपनाउन, अनावश्यक यात्रा नगर्न र मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउन सर्वसाधारणलाई आग्रह गरेका छन्।