उदय माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न

Image
Nisarga Hospital

कञ्चनपुर: कृष्णपुर नगरपालिका–२ स्थित उदय माध्यमिक विद्यालयमा तातो हावाको लहर (हीटवेभ) को प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। “रुख रोपौं, छहारी सबैले बनाऔं” भन्ने नारासहित आयोजित कार्यक्रम कृष्णपुर नगरपालिका वडा नं. २ को समन्वय, उदय माध्यमिक विद्यालयको आयोजना तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) को CRC परियोजनाको सहयोगमा सम्पन्न भएको हो।

CP Hospital Dhangadhi

कार्यक्रममा कृष्णपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष अर्जुनसिंह साउद, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा NNSWA को CRC परियोजनाकी फिल्ड सहायक अधिकृत रिमा खनाललगायतको सहभागिता रहेको थियो। सहभागीहरूले विद्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपेर वातावरण संरक्षण तथा तातो हावाको प्रभाव न्यूनीकरणमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए।

nawajiwan
Attariya Hospital

कार्यक्रमका क्रममा फिल्ड सहायक अधिकृत रिमा खनालले CRC परियोजनामार्फत उदय माध्यमिक विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था, तातो हावाको लहर सम्बन्धी सचेतनामूलक भित्तेचित्र निर्माण, हीटवेभ जोखिम न्यूनीकरणका लागि विद्यालयका दुई वटा भवनमा सेतो रङ (कुल रूफ पेन्टिङ) लगाउने तथा वृक्षारोपणका लागि बिरुवा उपलब्ध गराउने लगायतका सहयोग गरिएको जानकारी दिइन्।

विद्यालय तथा स्थानीय समुदायको सहकार्यमा सञ्चालन गरिएको यस्ता कार्यक्रमले वातावरण संरक्षणसँगै जलवायु परिवर्तनका असर न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।