खल्तीमै मोबाइल विस्फोट, मोटरसाइकल चालक गम्भीर घाइते

Image
Nisarga Hospital

भारतको मध्यप्रदेशको पांढुर्णा जिल्लामा पाइन्टको खल्तीमा राखिएको मोबाइल फोन अचानक विस्फोट हुँदा एक युवक गम्भीर घाइते भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार घटना हुँदा उनी मोटरसाइकल चलाइरहेका थिए। मोबाइल विस्फोटसँगै पाइन्टमा आगो लागेपछि मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो। युवक करिब १२ मिटर परसम्म घिस्रिँदा उनलाई स्थानीयले तत्काल उद्धार गरी अस्पताल पुर्‍याएका थिए।

CP Hospital Dhangadhi

चिकित्सकका अनुसार दुर्घटनाका कारण उनको खुट्टाको हड्डी भाँचिएको छ भने मोबाइलबाट लागेको आगोले गुप्ताङ्गसहित शरीरका विभिन्न भागमा गम्भीर जलन भएको छ। उनको अस्पतालमा उपचार भइरहेको छ।

Attariya Hospital

प्रारम्भिक अनुसन्धानले मोबाइलको ब्याट्रीमा समस्या वा अन्य प्राविधिक खराबीका कारण विस्फोट भएको हुन सक्ने अनुमान गरेको छ। यद्यपि घटनाको वास्तविक कारण पुष्टि गर्न मोबाइलको प्राविधिक परीक्षण जारी रहेको सम्बन्धित अधिकारीहरूले बताएका छन्। घटना सार्वजनिक भएपछि मोबाइल फोनको सुरक्षित प्रयोग र विशेषगरी क्षतिग्रस्त वा अत्यधिक तात्ने ब्याट्रीप्रति सावधानी अपनाउनुपर्ने विषय फेरि चर्चामा आएको छ।

nawajiwan