मन्त्रिपरिषद्का सात महत्त्वपूर्ण निर्णय: विशेष अदालतमा नयाँ अध्यक्षदेखि मिटरब्याजका फर्जी लिखत अवैध घोषणा

Image
Nisarga Hospital

सरकारले विशेष अदालत र श्रम अदालतमा नयाँ अध्यक्ष नियुक्त गर्दै न्यायिक तथा प्रशासनिक क्षेत्रमा महत्त्वपूर्ण निर्णयहरू गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्य र श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई तोक्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गरेका हुन्।

CP Hospital Dhangadhi

बैठकले गुठी संस्थानको प्रशासकमा शैलेन्द्रराज कुँवरलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। पर्यटन प्रवर्द्धनका लागि २०८५ साल भदौ मसान्तसम्म पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित उडानमा पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा तथा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ।

Attariya Hospital

त्यसैगरी, मिटरब्याज पीडितसँग भएको सम्झौता अनुमोदन गर्दै मिटरब्याजसँग सम्बन्धित फर्जी लिखतहरू तत्काल प्रभावबाट अवैध घोषणा गरिएको छ। गणेश नेपालीको आत्महत्या प्रकरणको सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश केशवप्रसाद बाँस्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन गर्ने निर्णय पनि गरिएको छ।

nawajiwan

यसबाहेक, आर्थिक ऐन २०८३ अनुसार शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णयले नागरिकलाई प्रत्यक्ष राहत पुग्ने सरकारको विश्वास छ।