मनसुन सक्रिय: आज पनि देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

Image
Nisarga Hospital

देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (साउन १० गते, आइतबार) पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

CP Hospital Dhangadhi

विभागका अनुसार हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली र तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। दिउँसो पहाडी र हिमाली क्षेत्रका केही स्थानमा तथा बागमती र गण्डकीका तराईसहित कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

Attariya Hospital

विभागले विशेषगरी बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ। रातिको समयमा पनि देशभर बदली रहने तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा, साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा वर्षा जारी रहने सम्भावना रहेको छ।

nawajiwan

भारी वर्षाका कारण नदी–नाला बढ्न सक्ने, पहिरो तथा डुबानको जोखिम रहने भएकाले ती क्षेत्रका बासिन्दा, यात्रु तथा सवारी चालकलाई उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।