सामाजिक सद्भाव बिथोल्ने आरोपमा ६ जिल्लाबाट ३९ जना पक्राउ, अनुसन्धान जारी

Image
Nisarga Hospital

सामाजिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले तराईका विभिन्न ६ जिल्लाबाट ३९ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।

CP Hospital Dhangadhi

प्रहरीका अनुसार शुक्रबार सबैभन्दा धेरै धनुषाबाट २१ जना पक्राउ परेका छन्। त्यसैगरी सर्लाहीबाट ९, सिरहाबाट ५, महोत्तरीबाट २ तथा पर्सा र सप्तरीबाट १/१ जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरूमाथि सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न रहेको आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Attariya Hospital

यसअघि बिहीबार धनुषा, महोत्तरी र सिराहाबाट पक्राउ परेका २५ जनालाई आवश्यक अनुसन्धानपछि हाजिर जमानीमा रिहा गरिएको डीआईजी काफ्लेले जानकारी दिए। तीमध्ये धनुषाबाट १२, महोत्तरीबाट १० र सिराहाबाट १ जना पक्राउ परेका थिए।

nawajiwan

प्रहरीले पछिल्ला घटनापछि सामाजिक सद्भाव, सार्वजनिक शान्ति र सुरक्षा कायम राख्न सुरक्षा निगरानी थप कडा बनाइएको जनाएको छ। साथै, अफवाह फैलाउने, उत्तेजनात्मक गतिविधिमा संलग्न हुने वा सामाजिक सद्भावमा असर पुग्ने कुनै पनि कार्य नगर्न सर्वसाधारणलाई आग्रह गर्दै यस्ता गतिविधिमा संलग्न जो–कोहीमाथि कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।