कैलालीको देवहरिया–धनचौरी सडक जीर्ण, तत्काल मर्मत गर्न माग

Image
Nisarga Hospital

देवहरियादेखि धनचौरीसम्मको सडक लामो समयदेखि जीर्ण बनेपछि तत्काल मर्मत तथा स्तरोन्नतिको माग गरिएको छ। सुदूरपश्चिम प्रदेश युवा सञ्जालका अध्यक्ष युवराज जोशीले धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई ध्यानाकर्षण पत्र बुझाउँदै सडक सुधारका लागि आग्रह गरेका हुन्।

CP Hospital Dhangadhi

धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकालाई जोड्ने सीमाक्षेत्र हुँदै जाने देवहरिया–धनचौरी सडकको अवस्था अत्यन्तै दयनीय रहेको पत्रमा उल्लेख छ। सडकमा ठाउँ–ठाउँमा ठूला खाल्डाखुल्डी पर्नुका साथै सतह बिग्रिएकाले दैनिक आवतजावत गर्ने सर्वसाधारण तथा सवारी चालकले सास्ती खेप्नुपरेको जनाइएको छ।

Attariya Hospital

वर्षायाममा खाल्डाखुल्डीमा पानी जम्दा दुर्घटनाको जोखिमसमेत बढेको भन्दै तत्काल समस्या समाधान गर्न माग गरिएको छ। धनगढी र गोदावरी क्षेत्रका नागरिकको दैनिक आवागमन तथा यातायातका लागि महत्वपूर्ण मानिने उक्त सडकको स्थलगत अनुगमन गरी खाल्डाखुल्डी पुर्ने, मर्मतसम्भार गर्ने र आवश्यकताअनुसार स्तरोन्नतिको काम अघि बढाउन सञ्जालले उपमहानगरपालिकासँग जोडदार माग गरेको छ।

nawajiwan