सिन्की बोहराको मृत्यु प्रकरण : न्याय र क्षतिपूर्तिको माग गर्दै भोलिदेखि अत्तरियामा चक्काजाम (भिडियो सहित)

Image
Nisarga Hospital

कैलालीको अत्तरियामा बसको ठक्करबाट मृत्यु भएकी सिन्की बोहराका आफन्तले न्याय र क्षतिपूर्तिको माग गर्दै बुधबार बिहानदेखि अत्तरिया बजारमा चक्काजाम गर्ने घोषणा गरेका छन्। मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै पीडित पक्षले दुर्घटनापछि तीन दिनसम्म निरन्तर माग राख्दा पनि सुनुवाइ नभएको भन्दै चक्काजामसहित संघर्षका कार्यक्रम घोषणा गरेका हुन्।

CP Hospital Dhangadhi

मृतकका भतिजा तथा बझाङको मस्टा गाउँपालिका–६ का वडाध्यक्ष शिवराज बोहराले पीडित परिवारले न्याय र उचित क्षतिपूर्ति नपाएसम्म आन्दोलन जारी राख्ने बताए। उनले चक्काजाम शान्तिपूर्ण हुने जनाउँदै माग सम्बोधन नभएसम्म संघर्षका कार्यक्रम सञ्चालन गरिने बताए।

nawajiwan
Attariya Hospital

बोहराका अनुसार सिन्की बसको अगाडिको भागमा ठोक्किएर सडकमा ढलेपछि पछाडिको टायरले किच्दा मृत्यु भएको हो। श्रीमान्सहित चार जनाको परिवारको पालनपोषण गर्दै आएकी ५३ वर्षीया सिन्कीको मृत्युले परिवारमा ठूलो क्षति पुगेकाले उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने पीडित पक्षको माग छ।

आइतबार महेन्द्रनगरबाट यात्रु लिएर दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख ९५६ नम्बरको महाकाली यातायातको बसले अत्तरिया बसपार्कमा सिन्कीलाई ठक्कर दिएको थियो। दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भएको थियो।

घटनापछि स्थानीय तथा आफन्तले अत्तरियामा विरोध प्रदर्शन गर्दै आएका छन्। पीडित पक्ष र यातायात व्यवसायीबीच पटक–पटक छलफल भए पनि हालसम्म सहमति जुट्न सकेको छैन।