ज्योतिषीका अनुसार आजका लागि कस्तो छ त तपाईंको भाग्य, ग्रह गोचर, शुभ अशुभ ? पढ्नुहोस् भदौ १६ गते मंगलबारको दैनिक राशिफल

Image
Nisarga Hospital

राशिफल १६ भाद्र २०८३ मंगलवार

CP Hospital Dhangadhi

मेष
Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

चलिरहेको काम व्यवस्थित हुनेछ। प्रविधिसम्बन्धी काम सजिलै मिल्नेछ। आम्दानीको नयाँ उपाय भेटिन सक्छ। साथीको भेट सुखद हुनेछ। आजको शुभ रंग समुद्री हरियो हो भने शुभ अंक ७ रहेको छ।

nawajiwan

वृष
Taurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

मनको कुरा खुलेर भन्न सकिनेछ। अनुभवी व्यक्तिको सल्लाह उपयोगी हुनेछ। धार्मिक वा सांस्कृतिक कार्यक्रममा जाने अवसर मिल्न सक्छ। खर्चमा संयम राख्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

मिथुन
Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा

अड्किएको कामले गति लिनेछ। पैसाको नयाँ बाटो खुल्न सक्छ। बोल्दा हतार नगर्नुहोस्। स्वास्थ्यमा स्फूर्ति रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

कर्कट
Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

खर्च घटाउने मौका मिल्नेछ। काममा नयाँ जिम्मेवारी आउला। पढाइमा मन बस्नेछ। घरको वातावरण रमाइलो हुनेछ। आजको शुभ रंग फिका पहेंलो हो भने शुभ अंक ३ रहेको छ।

सिंह
Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आज नयाँ चिनजान उपयोगी हुनेछ। व्यापारमा राम्रो ग्राहक भेटिन सक्छ। कामको सिलसिलामा बाहिर जानुपर्ला। पढाइमा ध्यान बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

कन्या
Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

रोकिएको पैसा आउने सम्भावना छ। काममा तपाईंको कुरा सुनिनेछ। घरमा खुसीको माहोल बन्नेछ। धार्मिक काममा मन जानेछ। खानपान मिलाउनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

Attariya Hospital

तुला
Libra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते

आज आफ्नो क्षमता देखाउने समय हो। व्यवसायमा फाइदाको कुरा मिल्न सक्छ। नयाँ जिम्मेवारीले व्यस्तता बढाउनेछ। सामाजिक भेटघाट राम्रो रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक
Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु

पुरानो योजना फेरि अघि बढ्नेछ। पैसाको हिसाब मिल्नेछ। काममा नयाँ कुरा सिक्नुहुनेछ। यात्राको सोच बन्न सक्छ। पेटलाई हलुका राख्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

धनु
Sagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

साझेदारीको काममा सहमति बन्नेछ। आर्थिक पक्ष सामान्यभन्दा राम्रो रहनेछ। कसैसँग मनको कुरा मिल्नेछ। पढाइमा मेहनतको फल पाइनेछ। आँखालाई आराम दिनुहोस्। आजको शुभ रंग फिका गुलाबी हो भने शुभ अंक ९ रहेको छ।

मकर
Capricorn
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

आज काममा व्यस्तता बढ्नेछ। स्वास्थ्यका लागि हिँडडुल राम्रो हुनेछ। उपकरण चलाउँदा सावधानी अपनाउनुहोस्। सामाजिक काममा सहभागी हुनुपर्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ
Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, दा

नयाँ मानिससँग भेट हुनेछ। व्यापारमा ग्राहकको संख्या बढ्न सक्छ। पढाइमा ध्यान केन्द्रित हुनेछ। छोटो यात्रा रमाइलो होला। खानामा मसला कम गर्नुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

मीन
Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

आर्थिक जिम्मेवारी पूरा हुनेछ। काममा धैर्यको फल मिल्नेछ। घरको वातावरण सहज बन्नेछ। आफ्नो लागि समय निकाल्नुहोस्। निद्रा पूरा गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

हाम्रो पात्रो बाट