
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा कायम गरिएको छ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८४ पैसा तथा क्यानेडियन डलरको खरिददर ११० रुपैयाँ १९ पैसा र बिक्रीदर ११० रुपैयाँ ६२ पैसा तोकिएको छ।
युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६५ पैसा तथा युके पाउन्ड स्टर्लिङको खरिददर २०६ रुपैयाँ १८ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ।


राष्ट्र बैंकले आवश्यकताअनुसार जुनसुकै समयमा विनिमय दर संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने दर भने फरक हुनसक्ने बताइएको छ।































