
डोटीः डोटीमा भालुको आक्रमणबाट अर्का एक व्यक्ति घाइते पनि घाइते भएका छन् ।

पुर्वीचौकी गाउँपालिका २ भारतोलीस्थित कालिका आधारभुत विद्यालयका अन्दाजी २४/२५ वर्षका शिक्षक हरिप्रसाद चौधरी पनि घाइते भएका हुन् ।
अन्दाजी साढे ६ बजेतिर बाटोमा हिडिरहेकै बेला भालुले आक्रमण गरि उनको पेटमा चोट लागेको भारतोली माध्यमिक विद्यालयका शिक्षक भीम बहादुर ओलीले जानकारी दिए ।

उनको उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

आजै बिहान मात्रै पुर्वीचौकी गाउँपालिका २ वाडीका अन्दाजी ६३ वर्षीया दान बहादुर ओली भालुको आक्रमणमा परी घाइते भएका थिए ।
उनलाई बिहान करिब साढे ५ बजेतिर आक्रमण गरेको थियो ।
त्यसको झन्डै एक घण्टा पश्चात् शिक्षक चौधरी भालुको आक्रमणमा परी घाइते भएका हुन् ।





























