बैतडीमा नेकपा वडा अध्यक्ष पन्तले पार्टी परित्याग गरे, २१ वर्षे राजनीतिक यात्रामा पूर्णविराम

Image
Nisarga Hospital

बैतडी: बैतडीको पाटन नगरपालिका–१० का नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वडा कमिटी अध्यक्ष देवदत्त पन्तले पार्टी परित्याग गरेका छन्। उनले शुक्रबार सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी छाडेको घोषणा गरेका हुन्।

CP Hospital Dhangadhi

पन्तका अनुसार उनी विगत २१ वर्षदेखि पार्टीमा सक्रिय रहँदै आएका थिए। पार्टीभित्र बढ्दै गएको बेथिति, घुसखोरी र कमिसनखोरीप्रति असन्तुष्टि जनाउँदै उनले पार्टी छाड्ने निर्णय लिएको बताएका छन्।

विज्ञप्तिमा पार्टीका अगुवा कार्यकर्ताहरूमा लापरवाही, सेटिङ र कुसंस्कार हाबी हुँदै गएको उल्लेख गर्दै यस्ता प्रवृत्तिले देश विकासमा अवरोध पुर्‍याउने उनको भनाइ छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

‘मैले दुई दशकभन्दा बढी समय आफ्नो क्षमता, समय र श्रमले भ्याएसम्म पार्टीको नीति, सिद्धान्त र संगठनका लागि योगदान गरेँ,’ पन्तले विज्ञप्तिमा उल्लेख गरेका छन्। पार्टीभित्रका कुरीति र बेथितिलाई स्वीकार गर्न नसकिने तथा आफ्ना विचार र राजनीतिक मान्यताअनुसार अघि बढ्न कठिन भएपछि पार्टी छाड्ने निष्कर्षमा पुगेको उनले बताएका छन्।

पन्तले राजनीतिक यात्रामा साथ र सहयोग गर्ने नेता, कार्यकर्ता तथा शुभचिन्तकप्रति आभार व्यक्त गरेका छन्। पार्टी परित्याग गरे पनि आगामी दिनमा जनताको हकहित, सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता उनले जनाएका छन्।

Dhnagadhi & Krishanapur