
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। अब सुदूरपश्चिम रोयल्सले ब्याटिङ गर्दै लुम्बिनीलाई लक्ष्य प्रस्तुत गर्नेछ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल हेर्न प्रधानमन्त्री बालेन शाह पनि पुगेका छन्। प्रतियोगिताको पहिलो खेल केहीबेरमा सुरु हुँदैछ।
लुम्बिनी लायन्सको कप्तानी रोहित पौडेलले गरिरहेका छन् भने सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐरीले सम्हाल्दै छन्। उद्घाटन खेलमा दुवै टोली जितका साथ प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यमा हुनेछन्।
लुम्बिनीको टोलीमा रोहित पौडेल, निरोशन डिक्वेला, सन्दीप जोरा, तिलक भण्डारी, आसिफ शेख, दिलीप नाथ, शेर मल्ल, डार्सी शर्ट, शाड्ली भान शाल्कवाइक, शमीम हुसेन र किशोर महतो छन्।
यस्तै, सुदूरपश्चिमको टोलीमा सैफ जैब, विनोद भण्डारी, ब्रान्डन म्याकमुलन, आरिफ शेख, इशान पाण्डे, दीपेन्द्रसिंह ऐरी, शेरफेन रदरफोर्ड, स्कट कुगेलेन, अनिल खरेल, हेमन्त धामी र अविनाश बोहरा छन्।



































