तीन महिनामा नेपालमा भित्रियो १ करोड ५७ लाख थानभन्दा बढी कण्डम, ८ करोडभन्दा बढी खर्च

Image
Nisarga Hospital

चालु आर्थिक वर्षको पहिलो तीन महिना साउनदेखि असोजसम्म नेपालमा १ करोड ५७ लाख थानभन्दा बढी कण्डम आयात भएको छ। भन्सार विभागको वैदेशिक व्यापारसम्बन्धी पछिल्लो तथ्यांकअनुसार उक्त अवधिमा ८ करोड रुपैयाँभन्दा बढी मूल्यको कण्डम नेपाल भित्रिएको हो।

CP Hospital Dhangadhi

विभागको विवरणअनुसार तीन महिनामा कुल १ करोड ५७ लाख ११ हजार २०७ थान कण्डम आयात भएको छ। यसको कुल मूल्य ८ करोड ५ लाख ७९ हजार रुपैयाँ रहेको छ।

यति ठूलो परिमाणमा कण्डम आयात भए पनि सरकारले यसबाट प्राप्त गरेको राजस्व भने जम्मा २ हजार रुपैयाँ मात्रै रहेको तथ्यांकमा उल्लेख छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

सरकारले कण्डमलाई अत्यावश्यक स्वास्थ्य सामग्रीका रूपमा वर्गीकरण गरी भन्सार महसुलमा छुटको व्यवस्था गरेको छ। सुरक्षित यौनसम्पर्क, अनिच्छित गर्भधारण रोकथाम तथा यौनजन्य संक्रमणको जोखिम न्यूनीकरणमा कण्डमको महत्त्वपूर्ण भूमिका रहने भएकाले यसलाई स्वास्थ्य सुरक्षासँग सम्बन्धित सामग्रीका रूपमा लिइन्छ।

आयातको ठूलो परिमाणले नेपालमा कण्डमको माग र आपूर्तिसम्बन्धी अवस्थालाई समेत संकेत गर्छ। यद्यपि, आयातको तथ्यांकले मात्रै यसको वास्तविक उपभोग, प्रयोगको दर वा बजारमा बिक्री हुने परिमाण स्पष्ट पार्दैन।

Dhnagadhi & Krishanapur