रासिद र करणको विस्फोटक ब्याटिङमा काठमान्डुको पहिलो जित, कर्णाली ४ विकेटले पराजित

Image
Nisarga Hospital

रासिद खान र कप्तान करण केसीको उत्कृष्ट ब्याटिङको मद्दतमा काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ। सोमबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमान्डुले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो।

CP Hospital Dhangadhi

कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमान्डुले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। काठमान्डुको जितमा रासिद खानले सर्वाधिक ५० रन बनाए। उनले ३४ बलमा ३ चौका र २ छक्का प्रहार गरे। कप्तान करण केसीले आक्रामक ब्याटिङ गर्दै २० बलमा ४ चौका र ३ छक्कासहित ४४ रन जोडे।

यस्तै जहानदान खानले १० बलमा १ चौका र २ छक्कासहित अविजित २२ रन बनाए। अस्ट्रेलियाका चर्चित खेलाडी डेभिड वार्नरले एनपीएलमा डेब्यु गर्दै १६ रनको योगदान गरे। बलिङतर्फ कर्णालीका सोमपाल कामी र हुसेन तलतले २–२ विकेट लिए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो। उसका लागि अरिफुल इस्लामले ४४, हुसेन तलतले ४०, पवन सर्राफले अविजित ३० र गुल्सन झाले २० रन बनाए।

काठमान्डुका कप्तान करण केसीले २ विकेट लिए भने शाहब आलम, जहानदान खान, देव शाह र सन्तोष यादवले समान १ विकेट हात पारे।

यस जितसँगै काठमान्डुले दुई खेलबाट २ अंक जोडेको छ। पहिलो खेलमा जनकपुरसँग पराजित भएको काठमान्डुले दोस्रो खेलमा जित निकालेको हो। दुई खेलमा लगातार जित निकालेको कर्णालीले भने पहिलो हार बेहोरेको छ।

Dhnagadhi & Krishanapur