कान्तिपुर डेन्टलमा दुर्लभ शल्यक्रिया : २४ वर्षीया महिलाको मुखबाट निकालियो २८ वटा साना दाँत, डेढ लाखको उपचार निःशुल्क

Image
Nisarga Hospital

धनगढी: धनगढीस्थित कान्तिपुर डेन्टल होम एण्ड इन्स्टिच्युट प्रालिमा कञ्चनपुरको बेलौरीकी २४ वर्षीया महिलाको मुखबाट २८ वटा अस्वाभाविक रूपमा विकसित भएका साना दाँत सफलतापूर्वक निकालिएको छ।

CP Hospital Dhangadhi

वरिष्ठ दन्त रोग विशेषज्ञ डा. रितराज खड्काको नेतृत्वमा गरिएको शल्यक्रियापछि महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। चिकित्सकका अनुसार महिलामा देखिएको यो दुर्लभ समस्यालाई ‘कम्पाउन्ड ओडोन्टोमा’ (Compound Odontoma) भनिन्छ। यस्तो अवस्थामा दाँत बन्ने तन्तुहरू असामान्य रूपमा विकास भई साना-साना दाँतका रूपमा देखा पर्छन्।

आर्थिक अवस्था कमजोर भएकी महिलालाई कान्तिपुर डेन्टलले सामाजिक उत्तरदायित्वअन्तर्गत करिब १ लाख ५० हजार रुपैयाँ बराबरको उपचार सेवा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराएको डा. खड्काले जानकारी दिनुभयो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

विगत २२ वर्षदेखि धनगढीमा दन्त तथा मुख स्वास्थ्य सेवा प्रदान गर्दै आएको कान्तिपुर डेन्टलले गरिब, असहाय तथा विपन्न बिरामीलाई निःशुल्क उपचार गर्नुका साथै सुदूरपश्चिमका दुर्गम क्षेत्रमा समेत स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जनाएको छ।

धनगढीको पार्कमोडमा रहेको कान्तिपुर डेन्टलले दन्त समस्याबाट पीडित तथा आर्थिक अवस्था कमजोर भएका बिरामीलाई उपचार सेवाका लागि सम्पर्क गर्न आग्रह गरेको छ।

Dhnagadhi & Krishanapur