कबिताः गाउँको एक गरिव दमाइको छोरी थिए म

Image
Nisarga Hospital

गाउँको एक गरिव दमाइको छोरि थिए म
सबैलाइ थाहा थियो बेरोजगारी थिए म!
तिमिलाइ ठुलो पदमा पुगाइ दिनेछु भनेको थियौनी?
तिमी कोठा नखोज मेरो साथिको घरमा एउटा कोठा मिलाइ दिन्छु भनेको थियौनी ?
अ कोठा मिलाइ दिएको थियौ,

CP Hospital Dhangadhi

जागिर दिलाइ दिएको थियौ!
आँखिर तिम्रो मलाइ योन समपर्क गर्ने रहर पो रहेछ!
पहिलेनै भनेको भए हुने थियोनी !
“म हुन्छ या हुँदैन भन्थे
तिमिलेत जागिर लाइदिएपछि ,
कोठा खोजी दिएपछी भन्यौ है”
मलाइ मन्जुर हुन बाध्य बनायौ है!

जब मेरो पेटमा बच्चा बस्यो तिम्रो
मेरो घरपरिवारलाइ मैले सबै भने”
के गर्नु पिरोल्न थाल्यो तिमीसँग बिताएको त्यो रात !
मेरो मनले सुइकार्य कहाँ गरेको थियोर तिम्रो प्रस्ताव “”
मैले त तिमिले लगाएको गुन र रिन चुक्ता गरेको थिए!
शरीर बेचेर,
बाध्य भएर,

nawajiwan

तिमिले गुन नलाएको भए त्यो जबर्जस्ती नै हुनेथियो
बलात्कार नै मानिने थियो!
मेरो मन पनि धेरै रुनेथियो ,
तर पनि रोए रुन त त्यति त्यति धेरै रोएकी थिएन!

Attariya Hospital

म सम्हालिएर बसेकि थिए!
किन मेरो नैं गल्ती थियो!
बा “आमा त मेरो सोझा थिए केगर्न सक्थे तिमी ठुलोबडो मान्छे
पावर पहुँच भएको
पेटको बच्चा फाल्न लगायौ ,
बुवालाइ डरायौ ,

अलि अलि पैसा दिएर बुवालाइ भुल्यायौ !
आमाको मुखत आफैं बन्द थियो छोरिको भबिस्य सोचेर,
रुन्थिन आमा दिनदिनै मेरो पेटेमा बच्चा छ भनेको सुनेर
मैलेपनि के गर्ने सक्थेर”
चुप बसे
बस्नै पर्यो
आँखिर
गाउँको एक गरिव दमाइकी छोरी थिए म!

पारस भट्ट” प्यासी “मेलौलि
दुई सुन्दरभुमी सेलि बैतडी