

- सुरेशकुमार पाण्डे
बाजे काँ पुग्नुहुँने हो?

एकजना वृद्धले हातको इसारा गरेपछि जागेले वाइक अडायो र सोध्यो।
“बाबु! मलाई अलिपर सम्म लगि देउन मलाई लैव सम्म पुग्नु छ। -उक्त वृद्धाले विन्ती बिसाए।
उनि बल्ल बल्ल बोलिरहेका थिए।साहिद् उनि धेरै विमार थिए।जागे एकमनले भन्यो यो झमेलामा नपरौँ।आर्को मनले भन्यो।बिचरा असाय अबस्थाको वृद्धा व्यक्तीको सहयोग गर्नु मानव धर्म हो र कर्तव्य पनि हो।

उनि धेरै बुढा त थिए नै विमार अवस्थामा थिए। अस्पत्तालका केही कागतहरूको फाइल उन्को हातमा थियो।
जागेले उन्लाई आफुले चलाएको वाइकमा बसाल्यो र बिस्तारै हिंड्यो।अलिक पर एउटा व्रेकरमा वाइक थोरै उफ्रियो त्यही वेला बुढा जमिनमा खसे र उठ्न सकिनन्।जागे फटाफट झर्यो र उसलाई उठाएर नजिकैको अस्पत्तालमा भर्न गर्न थाल्यो।डाक्टरले प्रहरीलाई जानकारी गरायो।प्रहरीपनि मौकैमा आए।
जागे सँग ड्राइबरी लेसंश मागे। ऊ सँग लेशन थिएन।साथै वाइक सँग सम्बन्धित कुनैपनि डोकुमैन्ट मौकामा थिएनन्।
सर म फलानो कम्पनीमा काम गर्द छु।मसँग लैशन्स पनि छैनःयो मेरो वाइक होइन कम्पनि मेनिजरको हो मैले उनिसँग मागेको हो।-जागेले सबै विवरण साँचो भन्यो।
तर प्रहरीले कुनैपनि हालतमा उस्लाई छाडेन। बुढाको घरमा जानकारी गराए।परिवार पनि टुप्लुक्क आइपुगे।
र बुढाको स्वासपनि गयो।
जागेले बिन्ती गर्यो तर उसलाई लैसंश बिना गाडीचलाउँने र लाप्रवाहीको आरोपमा जेल चलान गरियो।





























