सेती प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

Image
Nisarga Hospital

धनगढी : एनआरएनएले एक करोड २५ लाख रुपियाँ लागतमा अक्सिजन प्लान्ट स्थापना गरेर सेती प्रादेशिक अस्पताललाई आज हस्तान्तरण गरेको छ । अस्पताललाई सहयोग गर्न पाउँदा खुसी लागेको अध्यक्ष केसीले बताए ।

CP Hospital Dhangadhi

कोरोना महामारीको दोस्रो तरङ्गका बेला अक्सिजन अभावमा कैयौँ बिरामीको ज्यान गएपछि एनआरएनएले सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको घोषणा गरेको थियो ।

nawajiwan
Attariya Hospital

सो प्लान्टको बिहीबार सामाजिक विकास मन्त्री झपटबहादुर साउदले उद्घाटन गरेका थिए । अक्सिजन स्थापनाका लागि एनआएरएनएबाट ठुलो सहयोग भएको भन्दै मन्त्री साउदले धन्यवाद ज्ञापन गरे । उनले सुदूरपश्चिमको स्वास्थ्यलाई सेती प्रादेशिक अस्पतालले थेगेको बताए ।

एनआरएनएका अध्यक्ष केसीले अक्सिजन अभाव हुने समस्याको दीर्घकालीन समाधान अक्सिजन प्लान्ट रहेकाले त्यसका लागि आफ्नो संस्थाले सहयोग गरेको बताए। कोरोना महामारीको बेला नेपाल सरकारलाई दुई हजार ५०० अक्सिजन कन्सनट्रेटरसमेत सहयोग गरेको उल्लेख गर्दै उनले त्यसबाट धेरैको ज्यान जोगिएको धारणा राखे।

सेतीमा स्थापना भएको प्लान्टले एक घण्टामा आठ सिलिण्डर ग्यास भर्ने गरेको जनाइएको छ । कोरोना महामारीका बेला स्वास्थ्यकर्मीलेसमेत अक्सिजन पाउन नसकेको जनाउँदै सेती प्रादेशिक अस्पतालका अध्यक्ष नरबहादुर शाहले अब अक्सिजन अभावमा कसैले पनि ज्यान गुमाउन नपर्ने बताए । उनले सेती प्रादेशिक अस्पतालले एनआरएनएबाट थप सहयोगको अपेक्षा गरेको चर्चा गरे ।