
मलाइ जे जत्ती ज्ञान, ध्यान दियो
धर्मघरले दियो बस धर्मघरले दियो!
मेरो लागि क्याम्पस धर्मघर थियो ,
मेरो लागि बोडिङ धर्मघर थियो!
मेरो लागि बिश्व बिद्यालय धर्मघर थियो!
र अहिले पनि मेरो मनमा धर्मघर छ,
अहिले पनि मेरो आँखामा धर्मघर छ!

र मेरो मुटुमा धर्मघर छ!
बैतडी पाटन देखि मेलौली हुँदै
पन्चेस्वर जाने बाटोको बिचमा
सलेना भन्ने सानो बजार छ,
माथीतिर हरियाली बन जंगल छ,
हरियालि’कै फेदमा धर्मघर छ!
मैले कुकर्म , कसैमाथी दमन, शोषण
अन्याय अत्याचार गर्नेछैन!
गरेको पनि छैन”
म मेरो जिन्दगी सँग
योन समपर्क गरुँला अबश्य,
तर कसैलाइ जबर्जस्ती
बलात्कार गर्नेछैन् !
“गरेको पनि छैन्”




“मैले धर्मघर मा पढेको हो”
मैले धर्मको पाठ पढेको हो ,
मैले नैतिक शिक्षा पढेको हो,
मैले शिक्षा पढेको हो ,
मैले सामाजिक अध्ययन गरेको हो
म नेपाली हो नेपाली पढेको हो,
मैले कुनै राजनीति पढेको हैन!
मैले धेरै पढेको छैन्!
इन्टर पास गरेको हो,
मैले घर्मघरमा पढेको हो!
पारस भट्ट” प्यासी “
सुदुरपश्चिम बैतडी
































