म मरे पनी, सम्झिनु होला

Image
Nisarga Hospital

फाइदा हुन्न, दाइ रे भाइ, लडेर भिरेर
बिशाल मन राखेर हिड्नु बस्नु है मिलेर
अमृत पनि जानेनौँ खान त्यसैले बीस भो
ए रामे श्यामे खै किन होला तिमीमा रिस भो

CP Hospital Dhangadhi

एउटै आमा, एउटै बुबा , एउटै घर छ
झगडा गर्छौ आपस् मै तिमी सारैन डर छ
सुध्रिनु रामे सुध्रिनु श्यामे, ज्ञानि हौ अबत
गर्छन कुरा, मान्छेले तिम्रै, गलत गलत

बोकेर रिस , समाज लाई , छोडेर गएमा
मिल्दछ धोका ए मेरो साथी रिसालु भएमा
एकजुट भइ दाइ रे भाइ समाजमा रहे त
कसैले केही , सक्दैन गर्न, एकता भए त

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

सम्मान गर्नु इज्जत राख्नु आमा रे बाउको
प्रचार गरौँ हे मेरा साथी आफ्नैगाउँ ठाउँको
सहर तिर , बसाइ सरे, माया नि घट्नेहो
गाउँमा सबै, मिलेर बसे, मित्रता बढ्नेहो !

इ मेरा पीडा सुनाउँ भने कहिले थाग्दैन
रात रे दिन मनमा चिन्ता ,निन्द्रा नि लाग्दैन्
देशमा शान्ति गाउँमा शान्ती हेर्ने छ चाहाना
म मरे पनि, सम्झिनु होला, इ मेरा रचना

पारस भट्ट” प्यासी”
सुदुरपश्चिम बैतडी

Dhnagadhi & Krishanapur