
धनगढी ः सुदूरपश्चिम प्रदेशको मा. प्रदेश प्रमुख २८ महिना रहेर बिदाइ हुनुभएको छ । बिदाइ हुँदै गर्दा मा .प्रदेश प्रमुख देवराज जोशीले आफू अब सक्रिय रुपमा पाटीको राजनीतिमा लाग्ने बताए ।

हिजो (सोमवार) पदमुक्त भएका जोशीले मङ्गलवार धनगढीमा पत्रकारसँगको भेटघाटमा पहिलेजस्तै सक्रिय राजनीतिमा लाग्ने बताए । उनी प्रदेश प्रमुख हुनु भन्दा अघि सम्म नेपाली काँग्रेसको सक्रिय राजनीतिमा थिए ।

बाजुरा निवासी जोशी २०४८ सालमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए भने २०६४ सालमा संविधान सभामा निर्वाचित भएका थिए । जिल्ला पार्टी सभापति समेत भइसकेका जोशी थुप्रै पटक महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि भए ।

२०७८ को कात्तिक २३ मा प्रदेश प्रमुखमा नियुक्त भएका जोशीलाई सोमबार सरकारले पदमुक्त गरेको हो । यो अवधिमा आफ्नो जिम्मेवारी र भूमिका सही ढङ्गले निर्वाह गरेको भन्दै उनले आफ्नो कार्यकाल सफल भएको वताए ।





























