सुरेशकुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

रूचाएन उसले अन्याय अत्याचार बिरूद्ध लड्यो,
मर्यो जो महंगी भ्रष्टाचारी व्यबहार बिरूद्ध लड्यो।
पगरी गुथाए अपराधीलाई अबिर लगाए उसैलाई,
अपरिचित भयो ऊ गलत व्यापार बिरूद्ध लड्यो।
अचेल मान सम्मान गर्ने तरिका बदलिए जस्तो छ,
उसलाई देख्नै सक्दैनन् जो गद्धार बिरूद्ध लड्यो।
देश धरापमा छ स्वाभिमान दाउँमा छ हिंजो आज,
भन्छन् उ अराजक हो जो सरकार बिरूद्ध लड्यो।
जो मानिस भएर जिउँन खोज्छ नलडी सुख्खै छैन,
किन एक्लै हुन्छ जो देशमा लुटमार बिरूद्ध लड्यो।

CP Hospital Dhangadhi

॥१॥

यिनि आँखामा पनि कस्तो -कस्तो रहर हुन्छ,
आफ्नैमा सङ्का कहिले दुश्मनको भर हुन्छ।
कविले नयाँ नयाँ रचना पस्किन्छ साधना गरी,
नेताले झुटा गफ लगाउँछ उसैको कदर हुन्छ।
किन जिन्दगी अनौठो लाग्छ अचेल मलाई यो,
बुझ्न सकिन मन र मष्तिक किन वेखबर हुन्छ।
ऊ धनमान बन्नखोज्छ जाल थाप्छ अरूलाई,
थाहाछैन उसलाई सबैको जानेठाउँ बगर हुन्छ।
आफ्नो काल आफै जन्माउँछन मानिसहरूले,
तरपनि आफैले जन्माए पछि पाल्ने कर हुन्छ।
दुःख सँग आर्को काल सँग को भाग्न सक्ला,
जो सँगसगै हिंड्ने आफ्नै पर्छाँई र अधर हुन्छ।

nawajiwan

॥२॥

नचल्ने खोटो सिक्का पनि चलाए पार्टीहरू,
उनैलाई नेता बनाए र खुब रमाए पार्टीहरू।
देशलाई अचानो बनाए र जनतालाई ढाल,
सुकाए नदीनाला र आफु मोटाए पार्टीहरू।
हामिले परिवर्तन खोज्यौँ सङ्घीयता होइन,
सङ्घीयता भित्राउँन दुष्टले पठाए पार्टीहरू।
अपराधीलाई किन अविर माला लगाउँछन,
आफु जस्तैलाई यो देशमा रूचाए पार्टीहरू।
नागरिकले भन्छन् सरकार हामिले बनायौँ,
सत्ताकै लागि विदेशीलाई फकाए पार्टीहरू।
Attariya Hospital
गद्धार दलाल मात्र छैनन् इमान्दार पनि छन्,
तर थोरै इमानमा वेइमानी मिसाए पार्टीहरू।

॥३॥

नेता बनेर न खोला छाडे न बगर छाडे,
बरू हाम्रै युवाहरू आ-आफ्नै घर छाडे।
गाउँमा सुनसान छ अचेल भेटिदैन युवा,
उहिलेको जस्तो गाउँमा बस्ने रहर छाडे।
खोला विक्रि भए आकासले नि पताएन,
किसानहरूले पनि जमिनको भर छाडे।
अब यहाँ सबै काम कमिसनमा हुनेभयो,
सही बिचारमा लेख्न अचेल खबर छाडे।
अनुसाशनभित्र बस्न कसैलेपनि खोज्दैन,
केटा केटीहरू समेत समाजको डर छाडे।
जेपनि हुनसक्छ अचेल मानिसको स्वार्थ,
पुरा गर्न धर्म कर्म जात छाडे र थर छाडे।
सुरेशकुमार पाण्डे दाङ घोराही १८