
रूचाएन उसले अन्याय अत्याचार बिरूद्ध लड्यो,
मर्यो जो महंगी भ्रष्टाचारी व्यबहार बिरूद्ध लड्यो।
पगरी गुथाए अपराधीलाई अबिर लगाए उसैलाई,
अपरिचित भयो ऊ गलत व्यापार बिरूद्ध लड्यो।
अचेल मान सम्मान गर्ने तरिका बदलिए जस्तो छ,
उसलाई देख्नै सक्दैनन् जो गद्धार बिरूद्ध लड्यो।
देश धरापमा छ स्वाभिमान दाउँमा छ हिंजो आज,
भन्छन् उ अराजक हो जो सरकार बिरूद्ध लड्यो।
जो मानिस भएर जिउँन खोज्छ नलडी सुख्खै छैन,
किन एक्लै हुन्छ जो देशमा लुटमार बिरूद्ध लड्यो।

॥१॥
यिनि आँखामा पनि कस्तो -कस्तो रहर हुन्छ,
आफ्नैमा सङ्का कहिले दुश्मनको भर हुन्छ।
कविले नयाँ नयाँ रचना पस्किन्छ साधना गरी,
नेताले झुटा गफ लगाउँछ उसैको कदर हुन्छ।
किन जिन्दगी अनौठो लाग्छ अचेल मलाई यो,
बुझ्न सकिन मन र मष्तिक किन वेखबर हुन्छ।
ऊ धनमान बन्नखोज्छ जाल थाप्छ अरूलाई,
थाहाछैन उसलाई सबैको जानेठाउँ बगर हुन्छ।
आफ्नो काल आफै जन्माउँछन मानिसहरूले,
तरपनि आफैले जन्माए पछि पाल्ने कर हुन्छ।
दुःख सँग आर्को काल सँग को भाग्न सक्ला,
जो सँगसगै हिंड्ने आफ्नै पर्छाँई र अधर हुन्छ।

॥२॥

॥३॥





























