धनगढीमा कांग्रेस सभापति देउवाको घरको गेटमा राखेको शङ्कास्पद वस्तु निष्क्रिय, विद्युतीय भाँडोमा थियो माटो

Image
Nisarga Hospital

अत्तरिया : पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ।

CP Hospital Dhangadhi

धनगढी उपमहानगरपालिका–४ मा रहेको देउवा निवास अगाडि शनिवार राति शङ्कास्पद वस्तु फेला परेको खबर जिल्ला प्रहरी कार्यालय कैलालीले १ बजे थाहा पाएको थियो ।

Attariya Hospital

नेपाल प्रहरी त्यसलगत्तै शङ्कास्पद बस्तु भएको ठाउँमा पुगेको थियो भने नेपाली सेनाले दुई टोली पुगेको थियो । बिहान ५ बजे पुगेको टोलीले शङ्कास्पद बस्तु निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराले जानकारी दिए । उनका अनुसार झोला भित्र चिया पकाउने विद्युतीय भाँडो र उक्त भाँडो भित्र माटो भरेर त्यहाँ राखिएको थियो । त्रास फैलाउने र चेतावनी दिने शैलीमा त्यहाँ शङ्कास्पद बस्तु राखिएको प्रहरीले अनुमान गरेको छ ।

nawajiwan